
काठमाडौं, २ फागुन । अमेरिकी सैन्य कमाण्डरको नेपाल भ्रमण रहस्यपूर्ण ठानिएको छभने निर्वाचन प्रभावित हुनसक्ने आशंका पनि ब्यक्तगर्न थालिएको छ । गत माघ २९ गते (फेब्रुअरी १२)मा नेपाल आइपुगेका अमेरिकाको इन्डो प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल शमूयल पापारोले तीनदिन बिभिन्न ब्यक्तित्वहरुसँग छलफल गरेको बताइए पनि सो भ्रमणको समाचारसमेत सरकारी श्रोतले बाहिर ल्याएन । उहाँले परराष्ट्रमन्त्री बालानन्द शर्मा र नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिंग्देलसँग भेटघाट गरेको थाहा भएको छ । द्विपक्षीय हित र सम्बन्धका विषयमा कुरा गरेको भनिए पनि खास बिषय खुलाइएको छैन । परराष्ट्रमन्त्रीसँगको भेटलाई ट्वीटरमार्फत् सार्वजनिक गरेपनि उहाँले गरेका अन्य भेटघाटलाई भने सार्वजनिक गरिएन ।
एमसीसी लागूभएपछि अमेरिकाले नेपालमा वैधानिक रुपमा आफ्नै कमाण्डबाट चल्ने संरचना खडा गरिसकेको र सोही संरचनाअनुसारको राजनीतिक एजेन्सी नेपालमा निर्माणगर्न खोजिरहेको टिकाटिप्पणी पनि हुनथालेको छ । ट्रान्समिसन लाइन बनाएर बिद्युत व्यापारगर्ने कम्पनी खडागर्न सफल भएको अमेरिकाले नेपालमा त्यसको सुरक्षार्थभन्दै वैधानिकरुपमा एसपीपी सम्झौता गराएर नेपालमा आफ्नो सेना ल्याउन गरिरहेको चर्चा पनि राजनीतिक क्षेत्रमा हुनथालेको छ । बर्तमान सरकारले अमेरिकी र दलाइ लामाका दूतलाई नेपालमा प्रबेश दिएको बिषयले देशभक्त शक्तिमा आक्रोश बढाएको देखिएको छ ।