काठमाडौं,१ फागुन । राष्ट्रिय जनमोर्चाका केन्द्रीय कार्यवाहक अध्यक्ष रेश्मीराज नेपालीले मुलुकको अहिलेको मूल विषय राष्ट्रियता, गणतन्त्रको रक्षा र संघीयताको खारेजी रहेको बताउनु भएको छ । दाङमा आयोजित एक पत्रकार सम्मेलनमा उहाँले उपरोक्त कुरा बताउनु भएको हो । उहाँले नेपालीले विदेशी हस्तक्षेपका कारण राष्ट्रियता कमजोर अवस्थामा पुगेको दाबि पनि गर्नुभयो । नेपालमा देखिएको पछिल्लो राजनीतिक परिस्थिति अमेरिकी साम्राज्यवादको प्रभाव भएको दाबीगर्दै उहाँले वर्तमान सरकार वैधानिक नरहेको उल्लेख गर्नुभएको थियो ।

उहाँले संसद विघटन संविधान विपरीत भएको बताउँदै निर्वाचनमार्फत निकाश खोज्न आफूहरु चुनावी मैदानमा उत्रिएको खुलाशा गनुृभएको थियो । उहाँले जुन तरिकाले संसद विघटन गरियो, त्यो संविधान विपरीत थियो । चुनावले निकास दिन्छ भन्ने विश्वासकासाथ हामी निर्वाचनमा गएका हौँ भन्नुभएको थियो ।