काठमाडौं, ११ फागुन । रौतहटको गौरमा आज बिहानबाट कफ्र्यु हट्ेको छ । त्यहाँ गत शुक्रबार दिउँसोदेखि लगाइएको कफ्र्यु आज हटाइएको हो । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आज बिहान छबजेदेखि रौतहटको सदरमुकाम गौरमा लगाइएको कफ्र्यु हटाइएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताउनु भएको छ । कफ्र्युको समय संशोधनगर्दै आज सोमबार बिहान छबजेबाट कफ्र्यु हटाइएको उहाँले बताउनु भएको छ ।
कफ्र्यु हटाइएको समयमा कुनै पनि धार्मिक, जातीय वा सामाजिक एकता भड्काउने कुनै पनि भेला, जुलुस तथा प्रदर्शन नगर्न प्रजिअ भुसालले आग्रह पनि गर्नुभएको छ । प्रजिअ भुसालले आज दिउँसो १० बजेपछिको अवस्था विश्लेषणको आधारमा थप निर्णय लिने बताउनुभएको छ । त्यसैगरी दुई समुदायबिच विगत चार दिनदेखि जारी द्वन्द समाप्तिका लागि सद्भाव ¥याली निकाल्ने तयारी पनि भैरहेको छ ।