
काठमाडौं, ११ फागुन । रास्वपाले घण्टी बजाएर भोट माग्न नपाउने अवस्था सिर्जना भएको छ । सो पार्टीका नेता तथा कार्यकर्ताले अन्य पार्टीको चुनावी सभामासमेत गएर घण्टी बजाएर झगडाको अवस्था सिर्जना गर्न थालेपछि निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि प्रचारप्रसार गर्दा निर्वाचन चिन्हको भौतिक स्वरुप प्रयोग नगर्न÷नगराउन आग्रह गरेको छ । यसअघि रास्वपाका उम्मेदवारले घण्टी बजाउँदै मत माग्दै आएका थिए ।
कतिपय राजनीतिक दल वा उम्मेदवारले निर्वाचन चिन्हको प्रचारप्रसार गर्दा भौतिक स्वरुपको निर्वाचन चिन्ह साथमै बोकी प्रयोगगर्ने र जनसमुदायको समग्र शान्तिमा प्रतिकूल असर पारेकोभन्ने सूचना र गुनासाहरु प्राप्त भएको भन्दै दल तथा उम्मेदवारलाई आग्रह गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनु भएको छ ।