कायरो, ११ फागुन । प्यालेस्टिनी इस्लामिक आन्दोलन (हमास) नयाँ नेता चयनको अन्तिम चरणमा पुगेको हमासका एक वरिष्ठ अधिकारीले आइतबार बताएका छन् । एएफपीलाई दिइएको जानकारी अनुसार नेतृत्वका लागि दुई प्रमुख व्यक्तित्वहरु प्रतिस्पर्धा गरिरहेका छन् । हमासले भर्खरै धार्मिक विद्वानहरु मिलेर बनेको परामर्श निकाय अर्थात् नयाँ राजनीतिक ब्यूरो, शूरा काउन्सिलको नयाँ समिति गठन पूरा गरेको छ । हमासको सन् २०२३ अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणपछि गाजामा युद्ध सुरु भएदेखि इजरायली सेनाको कारबाहीमा दुई पूर्व प्रमुखसहित हमासका धेरै नेताहरुको मृत्यु भएको छ । नाम नबताउने सर्तमा ती अधिकारीले आन्दोलनले तीन क्षेत्रमा आन्तरिक निर्वाचन सम्पन्न गरिसकेको छ र राजनीतिक ब्यूरोको प्रमुख छनौटको अन्तिम चरणमा पुगेको छ भने । उनले समूहको नेतृत्वको दौड अब खालिद मेशाल र खलील अल–हयाको बीचमा छ भने ।
हमासको दोस्रो स्रोतले यो घटनाक्रमको पुष्टि गरेको छ । गत महिना अमेरिकाको मध्यस्थतामा युद्धविराम दोस्रो चरणमा प्रवेश गरे पनि गाजामा हिंसा जारी छ, इजरायल र हमासले सम्झौताको उल्लङ्घन गरेको आरोप एक अकौमाथि लगाउने गरेका छन् । परिषदका सदस्यहरु प्रत्येक चार वर्षमा हमासका तीन शाखाहरु गाजा पट्टी, कब्जा गरिएको वेष्ट बैंक र आन्दोलनको बाह्य नेतृत्वका प्रतिनिधिहरुद्वारा निर्वाचित हुन्छन् । इजरायली जेलमा रहेका हमासका कैदीहरु पनि मतदान गर्न योग्य छन् । परिषद्को गठनपछि राजनीतिक ब्यूरो चयन गरिनछ, जसले आन्दोलनको प्रमुख चयन गर्दछ । हमासको तेस्रो स्रोतकाअनुसार नयाँ नेताले केवल संक्रमणकालीन अवधि अर्थात् आगामी एक बर्षका लागि नेतृत्व गर्नेछ । मतदान कसरी सम्पन्न भयो भनेर निर्दिष्ट नगरी स्रोतले भन्यो–हजारौं हमासका सदस्यहरुले काउन्सिल र राजनीतिक ब्युरो छनौट गर्ने पक्षमा मतदान गरेका छन् ।
स्रोतले यो प्रक्रियाको प्राथमिक लक्ष्य आन्तरिक वैधानिकता नवीकरणगर्नु र नेतृत्वको रिक्त पदहरु भर्नु होे भन्यो । नयाँ नेताले संयुक्त राज्य अमेरिका र इजरायलको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय आह्वानहरु र गाजामा इजरायली सेनासँग लडेको आफ्नो सशस्त्र शाखाको त्यो मागको प्रतिरोधगर्न बहस गर्नुपर्नेछ । तर हमासले केही सर्तमा आफ्ना हतियार गाजामा रहेको प्यालेस्टाइनी अधिकारीसमक्ष बुझाउने बताएको छ । मेशाल र हया दुवैसँग हमास आन्दोलनको वर्षौंको अनुभव छ । गाजाका बासिन्दा तथा युद्धविरामका वार्तामा हमासका प्रमुख वार्ताकार रहेका ६५ वर्षीय हयाले सन् २००६ देखि वरिष्ठ जिम्मेवारीमा रहेका अमेरिकी गैरसरकारी संस्था ‘काउन्टर एक्सप्रिमिज्म प्रोजेक्ट (सिइपी)’ ले जनाएको छ । सन् २००४ देखि २०१७ सम्म पोलिटिकल ब्युरोको नेतृत्व गरेका मेशाल कहिल्यै गाजामा बसेको अनुभव भने छैन । उहाँको जन्म सन् १९५६ मा वेष्ट बैङ्कमा भएको थियो ।
उहाँ कुवेतमा हमास आन्दोलनमा सामेल हुनुभएको थियो र पछि जोर्डन, सिरिया र कतारमा बस्नुभएको थियो । सिइपी भन्छ–उहाँले हमासको राजनीतिक–सैन्य विकासको नेतृत्व गर्नुभएको थियो । उहाँ अहिले हमास आन्दोलनको विदेशी कार्यालयको प्रमुख हुन्हुन्छ । गत महिना हमासको एक स्रोतले एएफपीलाई बताएअनुसार हयालाई समूहको सशस्त्र शाखा एजेदिन अल–कासिम ब्रिगेडको समर्थन प्राप्त छ । रासस,एएफपी