काठमाडौं,१२ फागुन । दुर्गा प्रसाईँको मुद्धामा फाइल झिकाउने आदेश भएको थाहाभएको छ । सर्वोच्च अदालतले राजनीतिक अभियन्ता दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सक्कल फाइल झिकाउने आदेश गरेको हो । न्यायाधीशद्वय डा नहकुल सुवेदी र मेघराज पोखरेलको संयुक्त इजलासले हिजो महान्यायाधिवक्ताको कार्यालयबाट फाइल झिकाउन आदेश दिएको हो । प्रसाईँकातर्फबाट दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइका क्रममा जिल्ला प्रहरी परिसरले पठाएको लिखित जवाफका आधारमा फाइल झिकाउने आदेश गरिएको छ ।

आदेशमा जिल्ला प्रहरी परिसर काठमाडौंको लिखित जवाफबाट निर्वाचन आयोगको ०८२÷११÷०४ को पत्रबाट अनुसन्धानगरी कारवाहीगर्न लेखि पठाएबमोजिम निवेदकलाई पक्राउ गरिएको भन्ने खुल्न आएकाले सो आयोगबाट निवेदकउपर अनुसन्धानगरी कारवाहीगर्न लेखी पठाउने भनी गरेको निर्णयसहितको सक्कल फाइल महान्यायाधिवक्ताको कार्यालयमार्फत झिकाउनु भनिएको छ । अदालतले आज मंगलबारका लागि उक्त विवादमा सुनुवाइ तयगरेको छ ।

प्रहरीले पठाएको जवाफमा निर्वाचन आयोगबाट मेडिकल व्यवसायी प्रसाईँमाथि अनुसन्धानगर्न पत्राचार भएकाले पक्राउ गरिएको उल्लेख थियो । सोही विषयमा अदालतले आयोगको पत्रसहित अनुसन्धानको सक्कल फाइल झिकाउन आदेश गरेको बताइएको छ ।