काठमाडौं,१० वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एशियाली मामिलाका विशेष दूत सर्जियो गोर आगामी साता नेपाल भ्रमणमा आउने हुनुभएको छ । अमेरिकी सहायक विदेशमन्त्री एस. पाउल कपुरको नेपाल भ्रमण सक्किएलगत्तै गोर आगामी साता काठमाडौं आइपुग्ने कार्यक्रम सार्बजनिक भएको हो ।

काठमाडौँ बसाइकाक्रममा उहाँले उच्चस्तरीय भेटवार्तागर्ने कार्यक्रम रहेको छ । यसअघि सहायक विदेशमन्त्री कपुरले परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णीम वाग्लेसँग भेटवार्ता गनुृभएको थियो । अब आउने विशेष दूत गोरले प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि भेट गर्ने कार्यक्रम रहेको बताइएको छ ।