काठमाडौं,२४ जेठ । आज २७ जिल्लामा सत्तारुढ रास्वपाको अधिवेशन हुँदै छभने कतिपय जिल्लामा झगडाको संकेत देखिएको बताइन्छ । हिजोपनि बिभिन्न जिल्लामा झडपहरु भएका थिए । सो पार्टीको केन्द्रीय निर्वाचन आयोगकाअनुसार आज आइतबार उदयपुर, सोलुखुम्बु, खोटाङ, इलाम, सिराहा, धनुषा, पर्सा, सर्लाही, चितवन, ललितपुर, तनहुँ, नवलपुर, गोरखा, लमजुङ, अर्घाखाँची, रुपन्देही, प्यूठान, सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, मुगु, जुम्ला, अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र बाजुरामा अधिवेशन हुने कार्यतालिका छ ।

विशेष सांगठनिक परिस्थितिका कारण बारा जिल्ला अधिवेशन आगामी २६ गते हुनेछ । सोही दिन बागमती प्रदेशबाट प्रदेश अधिवेशन प्रारम्भ हुनेछ । प्रदेश अधिवेशनहरु सञ्चालनगर्न सातवटै प्रदेशमा पाँच सदस्यीय प्रदेश निर्वाचन समिति र जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया निष्पक्षरुपमा सम्पन्नगर्न प्रत्येक जिल्लामा तीन सदस्यीय निर्वाचन समिति परिचालन गरिएको आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभएको छ ।

प्रथम राष्ट्रिय महाधिवेशनअगावै ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने रास्वपाको तयारी रहेको थाहा भएको छ । रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा हुने भनिएको छ ।