काठमाडौं,२४ जेठ । प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध बिरोध प्रदर्शन जारी छभने माफी नमागेसम्म धर्ना जारीरहने बताइएको छ । यसैक्रममा श्रम संस्कृति पार्टीले प्रधानमन्त्री वालेन्द्र साहको नेपाल भारत सीमा विवादसम्बन्धी अधिव्यक्ति विरुद्ध प्रर्दशन गरेको छ । सो पार्टीले हिजो माईतीघरमा प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध खबरदारी सभाको समेत आयोजना गरेको थियो । प्रधानमन्त्रीले प्रतिनिधि सभामा गत १७ गते सम्बोधन गर्नेक्रममा नेपालले पनि भारतको भुमी मिचेको रहेछभन्ने अभिव्यक्ति दिनुभएको थियो ।

सो अभिव्यक्ति पछि विपक्षी दल तथा नागरिक अगुवाहरुले प्रधानमन्त्रीको विरुद्ध प्रदर्शनगर्दै आएका छन् । हिजोको प्रदर्शनमा सहभागीहरुले संसदमा प्रधानमन्त्रीले दिएको तथ्यहीन अभिव्यक्ति फिर्ता गर, सिंहदरबारको कुर्सीमा बस्दा नेपालीको भरोसा बन, कसैको कठपुतली नबन १, नेपाली माटोको रक्षा गर, राष्ट्रको सम्मान जोगाऔँ, गैर जिम्मेवार अभिव्यक्तिको विरोध गरौँ, नेपालीको प्रधानमन्त्री होकी विदेशीको दलाल हो ? , लम्पसार कुटनीति होईन, स्वाभिमानको अडान राख लगायत नारा लेखिएको प्लेकार्डसमेत प्रदर्शन गरिएको थियो ।