
काठमाडौं,२४ जेठ । परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणपछि नेपालको भारतीय परनिर्भरता थप बढ्ने संकेत देखिएको छ । उहाँले नेपाल—भारतबीचको सम्बन्धलाई नयाँ शिराबाट थप विस्तार र सुदृढगर्न नेपालको बर्तमान सरकार तत्पर रहेको बताउनुभएको छ । उहाँले हिजो साँझ भारतीय विदेशमन्त्रि डा. एस जयशंकरसँग वार्ता गर्नुभएको थियो । उहाँले भारतीय च्यानल एनडिटिभीसँग विशेष संवादगर्दै रास्वपा स्थापनाको करिब चार वर्षकै अवधिमा जनचाहना र समर्थनबाट सरकारको नेतृत्वमा पुगेको बताउँदै दुई देशको बहुआयामिक सम्बन्धलाई थप सृदृढगर्न बर्तमान सरकार तत्पर रहेको बताउनुभएको थियो । नेपाल र भारतबीच खुला सीमाना भएपनि एकले अर्काे देशको सुरक्षा सरोकारलाई आत्मसात् गरेको उल्लेखगर्दै मन्त्री खनालले दुई देशको बहुआयामिक र हार्दिक सम्बन्धलाई अझै विस्तार गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
मौरिससमा भएको कार्यक्रममा आफू र भारतीय समकक्षी जयशंकरसँग भएको भेटको सन्दर्भ उल्लेखगर्दै उहाँले सम्भव भएका सबै क्षेत्रमा सहकार्य गर्नुपर्ने बताउनुभएको थियो । मन्त्री खनालले व्यापार, ऊर्जा, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि र सम्पर्क सञ्जाललगायत क्षेत्रमा नेपालले भारतको सहयोग, लगानी र सहकार्यको अपेक्षा गरेको धारणा राख्नुभएको थियो । उहाँले बंगलादेशमा नेपालको विद्युत् निर्यातका लागि भारतको साथरहने विश्वाससमेत व्यक्त गर्नुभएको थियो ।
रास्वपाका सभापति रवि लामिछानेको हालैको भारत भ्रमणकाक्रममा भारतीय जनता पार्टी र सरकारबाट भएको स्वागतले दुई देशबीचको आपसी सम्बन्धलाई नयाँ उचाइमा लिन उत्प्रेरणा मिलेको उहाँको भनाइ थियो ।