
काठमाडौं,२४ जेठ । भारतको दिल्लीमा कक्रोज जनता पार्टीले आन्दोलन जारी राख्ने भएको छ । समाचार एजेन्सीहरुले जनाए अनुसार सो पार्टीले हिजो नयाँ दिल्लीको जन्तर मन्तरमा विरोध प्रदर्शन गरेको थियोभने अब फेरी आगामी शनिबार प्रदर्शन हुने भनिएको छ । हिजो शनिबार बिहान ९ बजेबाट शुरुभएको प्रदर्शन अपरान्ह ३ बजे सकिएको थियो । प्रदर्शन सकिएपछि पार्टीका संस्थापक अभिजीत दीपकले एक वर्षपछि आज आफ्ना आमाबाबुलाई भेट्न घर जान लागेको जानकारी दिनुभएको थियो ।
दीपकले विगत १५ दिनमा आफूले धेरै पीडा भोगेको र धम्कीका कारण घर छोड्नु परेको बताउनुभएको थियो । हिजोको विरोध केवल एउटा ट्रेलरमात्र भएको बताइएको छ । यसअघि दीपकले शिक्षामन्त्री धर्मेन्द्र प्रधानले हिजो साँझ पाँच बजेसम्म राजीनामा दिनुपर्ने बताउनुभएको थियो । दीपकले शिक्षामन्त्रीले राजीनामा नदिए देशभर प्रदर्शन हुने चेतावनी दिइएको थियो । सो पार्टीले आगामी शनिबार जुन १३ मा जन्तर मन्तरमै फेरि विरोध प्रदर्शनगर्ने घोषणा गरेको छ ।