काठमाडौं,१२ फागुन । सर्वोच्च अदालतले नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र वास्तोला र नेकपाका अध्यक्ष ऋषि कट्टेलको पक्राउका विरुद्ध दायर बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारीगरेको छ । नेता धर्मेन्द्र बास्तोलाको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइगर्दै हिजो सर्वोच्च अदालतका न्यायधीश हरिप्रसाद फुयाँलको एकल इजलासले त्यस्तो आदेश जारी गरेको हो । आदेशमा निवेदकको बन्दी प्रत्यक्षीकरणको आदेश के कति कारणले आदेश जारी हुनुनपर्ने हो आदेश जारी हुनु नपर्ने भए कारणसहित बाटोका म्याद बाहेक २४ घण्टाभित्र महान्याधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेशगर्न प्रत्यार्थी काठमाण्डौ उपत्यका अपराध कार्यालय टेकुसमेतलाई आदेश दिइएको छ ।

म्यादभित्र लिखित जवाफ परे वा नपरे नियमानुसार गर्न पनि आदेश भएको छ । निवेदक सावित्री कुमारी वलीकातर्फबाट उपस्थित विद्वान अधिवक्ताहरु चुडाबहादुर निरौला,देवकुमार मोक्तान,फर्णिन्द्र कार्की,कविता बस्नेत, दीपकविक्रम मिश्र, रुविना शंकरले बहस गर्नुभएको थियो । त्यसैगरी नेकपा अध्यक्ष ऋषि कट्टेलको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले गत १० गते नै कारण देखाउ आदेश जारी गरेको थियो । माननीय न्यायधीश टेकप्रसाद ढुंगानाबाट विपक्षी नेपाल सरकार गृह मन्त्रालयलाई के कति कारणले निवेदकको माग बमोजिमको आदेश जारी हुनुनपर्ने हो ? सोको कानून बमोजिमको कारण भए लिखित जवाफसहित महान्यायधिवक्ताको कार्यालय मार्फत आज १२ गते १० बजे सुनुवाइकोलागि अदालतमा उपस्थित गराउन आदेश जारीभएको थियो ।

ऋषि कट्टेललाई गैरकानूनी हिरासतमा राखिएकोभन्दै उहाँका छा्रा रुपेश कट्टेलले गत आठगते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गर्नुभएको थियो । सो सम्बन्धमा अधिवक्ताहरु एकराज भण्डारी, रमेश बडाल, कपिलचन्द्र पोख्रेल, भोजराज आचार्य,पुन्यप्रसाद खतिवडा धर्मराज रेग्मी,धनञ्जय खनाल, दीपक विक्रम मिश्र,फणिन्द्र कार्कीलगायतले बहस गर्नुभएको थियो । नेकपा अध्यक्ष ऋषि कट्टेललाई गत छगते कीर्तिपुरस्थित आफ्नै कार्यालयबाट प्रहरीले गिरफ्तारगरी काठमाडौं प्रहरी परिसर भद्रकालीमा हिरासतमा राखिएको थियो ।