काठमाडौं,१२ फागुन । क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालले मूल्यवृद्धि, कृत्रिम अभाव र कालोबजारी नियन्त्रणगर्न माग गरेको छ । सो पार्टीका प्रबक्त हेमन्तप्रकाश ओलीले आज एक बक्तब्य प्रकाशित गरी उपरोक्त माग गर्नुभएको हो । उहाँले बक्तब्यमा पेट्रोलियम पदार्थको मूल्यबृद्धि, खाना पकाउने ग्यास लगायतका अत्यावश्यक उपभोग्य वस्तुहरुमा कृत्रिम अभाव र कालोबजारीमा संलग्नलाई कारबाहीगर्न जोडदार माग गर्नुभएको छ । उहाँले बक्तब्यमा बजार अनुगमनगरी कालोबजारी हटाएर उपभोग्य वस्तुहरु सर्वसुलभ बनाउन र महँगीको श्रोतकारुपमा रहेको पेट्रोलियम पदार्थको मूल्य बृद्धि घटाउन पनि जोडदार माग गरिएको छ ।
वक्तव्यमा सरोकारवाला निकाय, राजनीतिक दलहरु र व्यवसायीहरुलाई जिम्मेवार तथा उत्तरदायी बन्न विशेष आग्रह गरिएको छ । वक्तव्यमा नेपालमा एकातिर संसदीय निर्वाचनमा संसदवादी पार्टीहरु जनतामाझ झुट्ठा आश्वासनहरु बाँड्दै प्रचार–प्रसारमा दौडिरहेका छन् भने अर्कोतिर जनताका दैनिक उपभोग्य वस्तुहरुमा कृत्रिम अभाव सिर्जना गरिएको छ । पेट्रोलियम पदार्थको मूल्यबृद्धि, खाना पकाउने ग्यास लगायतका अत्यावश्यक उपभोग्य वस्तुहरुमा कृत्रिम अभाव र कालोबजारीको अवस्था देखिनु अत्यन्त गम्भीर विषय हो । त्यसकारण हामी समग्र राज्यसत्तालाई ग्यास तथा अन्य उपभोग्य वस्तुहरुमा कृत्रिम अभाव सिर्जनागर्ने तत्वहरुको पहिचानगरी कडा कार्वाहीगर्न, बजार अनुगमन गरी कालोबजारी हटाएर उपभोग्य वस्तुहरु सर्वसुलभ बनाउन र महँगीको श्रोतका रुपमा रहेको पेट्रोलियम पदार्थको मूल्य बृद्धि घटाउन जोडदार माग गर्दछौँ ।
अन्ततः सरोकारवाला निकाय, राजनीतिक दलहरु र व्यवसायीहरुलाई जिम्मेवार तथा उत्तरदायी बन्न हाम्रो पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल विशेष आग्रह गर्दछ भनिएको छ ।