काठमाडौं, १३ फागुन । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता हेमन्तप्रकाश ओलीले आज एक प्रेस वक्तव्य जारीगर्दै गिरफतार नेता तथा कार्यकर्ताको रिहाइगर्न माग गर्नुभएको छ । उहाँले वक्तव्यमा पार्टीका वैकल्पिक पोलिटब्यूरो सदस्य क. सोमानसिंह तामाङ तथा दाङ जिल्ला समिति सदस्य क. मानवहादुर ओलीको यथाशीघ्र रिहाइको जोडदार माग गर्दछौँ । साथै हामी मानव अधिकारवादी, नागरिक समाज तथा आम जनसमुदायलाई गिरफतार नेता एवं कार्यकर्ताको रिहाइ र कठपुतली सरकारको विरोधमा आवाज उठाउन पनि आह्वान गर्दछौँ भन्नुभएको छ ।
वक्तव्यमा सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यमहरुमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का नेता गौरवको नामबाट प्रसारित वक्तव्यलाई हाम्रो पार्टीका महासचिव क. गौरवको वक्तव्य होभनी भ्रमपार्न खोजेको भन्दै उक्त वक्तव्य क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव क. गौरवको नभएको दाबि गरिएको छ । वक्तव्यमा आज बिहान ८ः०० बजे हाम्रो पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका वैकल्पिक पोलिटब्यूरो सदस्य कमरेड सोमानसिंह तामाङलाई काभ्रेपलान्चोकको बनेपाबाट पक्राउ गरेको सूचनाले हाम्रो पार्टीलाई आक्रोसित तुल्याएको छ भनिएको छ ।