काठमाडौं,१४ फागुन । क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालले आफ्नो पार्टीका नेता तथा कार्यकर्ता बिरुद्ध धरपक्कड कायमै रहे प्रतिरोधमा उत्रने चेतावनी दिएको छ । शान्तिपूर्णरुपमा गरिएको आन्दोलनमाथि व्यापक दमन र धरपकड गरेपछि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले प्रतिरोधको चेतावनी दिएको हो । सो पार्टीका प्रबक्ता हेमन्त प्रकाश ओलीले जारी गर्नुभएको एक बक्तब्यमा उल्लेख भएअनुसार सुर्खेतमा पार्टीका तीन केन्द्रीय सदस्यहरुलाई कार्यालयबाटै गिरफ्तार गरिएको छ ।

सुर्खेतबाट क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य क. कर्णबहादुर बी.सी. तथा वैकल्पिक केन्द्रीय सदस्यहरु क. नारायण न्यौपाने र क. रत्न ओली गिरफ्तारीमा पर्नुभएको छ । निजी काममा हिँडिरहेको बेला पार्टीका नेता तथा कार्यकताहरुलाई कायरतापूर्ण ढंगले गिरफ्तार गरिएको हो । उहाँले गिरफ्तार कमरेडहरुलाई विनाशर्त तुरुन्त रिहागर्न माग गर्दछौं भन्नुभएको छ ।