काठमाडौं,१४ फागुन । नेपाली कांग्रेसका संस्थापन पक्षका सभापति शेरबहादुर देउवा देउवा अकस्मात सिंगापुर पुग्नुभएको छभने उहाँ आगामी निर्वाचनपछि मात्र स्वदेश फर्कने समाचारसूत्रहरुले उल्लेख गरेका छन् । उहाँले सिंगापुरबाटै नेपालको निर्वाचन परिचालन गर्नुहुने बताइन्छ । देउवा गएराति ११.३० बजे सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर प्रस्थान गर्नुभएको थियो । नेकां निकटका सूत्रहरुले उहाँ स्वास्थ्य उपचारका लागि सिंगापुर गएको बताएका छन् ।

पार्टीका तत्कालीन महामन्त्रि गगन थापा र बिश्वप्रकाश शर्माले जबरजस्त दोस्रो विशेष महाधिवेशनगरी देउवालाई पदमुक्त गरेको घोषणा गरेपछि उहाँ रुष्ट र स्तब्द रहँदै आउनुभएको थियो । पार्टीको आन्तरिक विवादकै कारण उहाँ निर्वाचनप्रति नकारात्मक रहेको बताइएको थियो । जेनजी आन्दोलनको आबरणमा गत भदौ २४ गते देउवा दम्पत्तीमाथि कुटपिट समेत भएको थियो । त्यसपछि उहाँले सिंगापुरमै पुगेर उपचार गराउनु भएको थियो ।

सभापति देउवा सिंगापुरबाट फर्केपछि नियमित महाधिवेशनको अभियानमा सक्रिय हुने र नेपाली कांग्रेस औपचारिक रुपमै बिभाजन हुने अवस्था रहेको बताइन्छ ।