
काठमाडौं, १५ फागुन । नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला रिहा हुनुभएको छ । सर्वोच्च अदालतले नेकपा (बहुमत)का महासचिव बास्तोलालाई थुनामुक्तगर्न हिजो आदेश दिएसँगै उहाँलाई रिहा गरिएको थियो । न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले रिहाइगर्न आदेश दिएको थियो ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन बहिष्कारको गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले बास्तोलालाई पक्राउ गरेको थियो । उहाँको पक्राउ विरुद्ध सावित्रीकुमारी वलीले गत फागुन १० गते सर्बोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गर्नुभएको थियो ।