काठमाडौं १६ फागुन । नागरिक अगुवाहरुको एक समूहले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष बनाउन अपिल गरेको छ । नागरिक अगुवाहरुकातर्फबाट डा चन्द्रमणि अधिकारी, प्रा डा केशव खड्का र डा शशिधर खनाललगायत बिभिन्न क्षेत्रका ६४ जनाले संयुक्त अपिलपत्र जारीगरी निर्वाचन भयरहित वातावरणमा सम्पन्नगर्न अपिल गरेका हुन् ।

उक्त अपिलमा भदौ २३ र २४ गतेको दुखद् एवं कहालिलाग्दो घटनापश्चात् आगामी २१ गते तयभएको प्रतिनिधिसभा सदस्य पदको निर्वाचन स्वतन्त्र, निष्पक्ष, तटस्थ एवं भयरहित वातावरणमा सम्पन्नगर्न गराउन हामी सचेत नागरिक निर्वाचन आयोग, नेपाल सरकार, राजनीतिक दल, आमसञ्चार जगत्, उम्मेदवार, मतदाता र सर्वसाधारण नागरिकमा हार्दिक अपिल गर्दछौँ भनिएको छ ।