काठमाडौं, १८ फागुन । एमालेका अध्यक्ष केपी ओलीले देशको अखण्डता, स्वाभिमान र राष्ट्रियताका सवालमा गम्भीर भएर सोच्न मतदातालाई आग्रह गर्नुभएको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–०८२ का सन्दर्भमाम एक भिडियो सन्देशदिँदै उहाँले आफूले देशको हित र विकासका लागि सक्दो प्रयासगर्दै आएको स्मरण गराउँदै देश पहिलोभन्ने मान्यताकासाथ एमालेलाई विजयी गराउन आग्रह गर्नुभएको छ ।
आफूप्रति भ्रम फैलाइएका कारण मानिसमा गुनासा, प्रश्न हुनसक्ने भन्दै पूर्वप्रधानमन्त्री ओलीले केही आफूबाट पनि कमजोरी भएका हुनसक्ने स्वीकार गर्नुभएको छ । उहाँले देश बनाउने अभियानमा अघिबढेकाले अब देशका संरचना कहिल्यै नजल्ने सुनिश्चिता चाहिएको तर्क गर्नुभएको छ । अध्यक्ष ओलीले यसपटकको निर्वाचन पार्टीहरुबीचको निर्वाचनमा सीमित नरहेका उल्लेखगर्दै गम्भीर भएर सोच्न आग्रह गर्नुभएको छ ।