काठमाडौं, १९ फागुन । आज निर्वाचनको मौन अवधी जारी छभने बिभिन्न जिल्लामा मतगणनास्थल समेत तयार हुनलागेको थाहा भएको छ । सुरक्षाकर्मी र मतदानका कर्मचारीहरु आआफ्नो तोकिएको स्थानमा पुगिसेको बताइन्छ । निर्वाचनका सामग्रीहरु पनि सम्बन्धित मतदान केन्द्रमा पुग्नेक्रम जारी छ । पर्सी २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँका दुवै निर्वाचन क्षेत्रमा मतगणनास्थल तयार गरिएको छ । मतदान सम्पन्न भएपछि मतगणना गरिने स्थानको टुंगो लगाएर आवश्यक व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिनुभएको छ । उहाँका अनुसार तनहुँ क्षेत्र नं १ को मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गरिनेछ भने क्षेत्र नं २ का लागि शुक्लागण्डकी नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा मतगणना गरिने छ । मतगणनास्थलमा आवश्यक सुरक्षा प्रबन्ध, सिसी क्यामेरा जडान, तारजाली, अवलोकनकक्ष तथा उम्मेदवार÷प्रतिनिधि बस्ने व्यवस्था मिलाइएको जनाउँदै प्रजिअ तिवारीले मतपेटिका सुरक्षित शुरुपमा राख्नका लागि कडा सुरक्षासहितको कोठा तयारी गरिएको बताउनुभयो ।
दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको तनहुँको क्षेत्र नं १ मा एक लाख २६ हजार ८८२ र र क्षेत्र नं २ मा एकलाख २७ हजार ५१५ मतदाता कायम गरिएको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले बताउनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले कारागार कार्यालय तनहुँ र कृषि विकास कार्यालय गरी जिल्लामा दुई अस्थायी मतदान केन्द्र तोकिएको जनाएको छ । निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीले समानुपातिकतर्फ मतदानगर्न सक्ने भएकाले सोका लागि अस्थायी मतदान केन्द्र बनाइएको उहाँले जानकारी दिनुभयो । बागलुङस्थित रासस समाचारदाताका अनुसार दुई वटा निर्वाचन क्षेत्र रहेको बागलुङमा दुईवटा मतगणनास्थल तारजाली र सिसी क्यामेरासहित तयार पारिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङ बजार र निर्वाचन अधिकृतको कार्यालय रहेको ढोरपाटन नगरपालिका–२ कुथाप्लोमा मतगणनास्थल तयार गरिएको हो । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय रहेको दुई स्थानमै फलामे तारजाली लगाइएको छ भने ध्वनिसहित भिडियो रेकर्डगर्ने सिसी क्यामेरा राखिएको मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारीले जानकारी दिनुभएको छ । म्याग्दीस्थित रासस समाचारदाताकाअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले बेनीस्थित जिल्ला समन्वय समितिको सभाहलमा तारजाली लगाएर मतगणनास्थल तयार पारेको हो ।
मतगणनालाई व्यवस्थित, छिटो र सुरक्षित तवरले सम्पन्न गर्न मतगणनास्थललाई तारजाली, सिसीटिभी जडानलगायत कामह सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश सूर्यबहादुर थापाले जानकारी दिनुभएको छ । मतगणनास्थलमा तारजाली लगाउने, सुरक्षा पोष्ट र आवश्यक अन्य संरचना निर्माण गरिएको गणनास्थलमा सिसी क्यामेरासहित भरपर्दो सुरक्षाको प्रबन्ध मिलाइएको छ । मतगणनास्थलमा बाहिरबाट कोही पनि भित्रपस्न नसकुनभनेर तारजाली लगाइएको मुख्य निर्वाचन अधिकृत थापाले जानकारी दिनुभयो । मतगणनामा बस्ने उम्मेदवारका प्रतिनिधिहशुरुले बाहिरबाट भित्र मतगणना हेर्न मिल्ने गरी तारजाली लगाइएको सहायक निर्वाचन अधिकृत जगतबहादुर भण्डारीले बताउनुभयो । उहाँका अनुसार जिल्ला समन्वय समितिको कार्यालयका कोठाहशुरुमा मतपेटिका संकलनगर्ने ठाउँसमेत तयार पारिएको छ ।
प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा छवटा स्थानीय तह र ४५ वटा वडा रहेका छन् । यहाँ ८२ वटा मतदानस्थलमा सोमबार कर्मचारी र सुरक्षाकर्मी पुगेर मतदानको तयारी गरेका छन् । १२२ मतदान अधिकृत, १२२ सहायक मतादन अधिकृतसहित एकहजार ७४ जना निर्वाचन कर्मचारी खटिएका छन् । एक स्वतन्त्रसहित १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । जिल्लामा ४२ हजार ३३२ पुरुष, ४४ हजार ६४ महिला र एक जना अन्य मतदाता रहेका छन् । कारागार र कर्मचारीहशुरुको समानुपातिक मतदानका लागि एक अस्थायी मतदान केन्द्र तोकिएको थाहा भएको छ ।