काठमाडौं, २० फागुन । निर्वाचन आयोगले सवारी पासको दुरुपयोगगर्दै सम्बन्धित व्यक्तिबाहेक अन्य व्यक्तिहरु ओसारपसार नगर्नुहुन सम्बन्धित सबैलाई अनुरोध गरेको छ । आयोगले एक विज्ञप्ति जारीगरी निर्वाचनको समयमा सवारी आवागमन सहजीकरणकागर्ने प्रयोजनका लागि सवारी पास आवश्यक नपर्ने गरी आवश्यक व्यवस्था मिलाउन यसपूर्व गरिएका सिफारिसहरु र यो सिफारिसबमोजिम सवारी पास आवश्यक नपर्नेगरी छुट पाएका सवारीसाधनले सम्बन्धित व्यक्तिबाहेक अन्य व्यक्तिहरु ओसारपसार नगर्नुहुन सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन–०८२ को मतदानको दिन (फागुन २१ गते) सवारीसाधन सञ्चालन तथा व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र सेवामैत्री बनाउन सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि–०८२ को दफा ५ को खण्ड ‘झ’ र ‘त’, ऐ. कार्यविधिको दफा १५ समेतका आधारमा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट जारी गरिएको निषेधित क्षेत्र प्रवेश पास प्राप्तगरेका व्यक्तिलाई घरदेखि कार्यालय तथा कार्यालयदेखि घरसम्म जान–आउन पास आवश्यक नपर्ने व्यवस्था मिलाउन आयोगबाट नेपाल सरकारलाई सिफारिस गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीसमेत गराएको छ ।

आयोगले नियमविपरीत गरे÷गराइएको पाइएमा स्थानीय प्रशासनले त्यस्ता सवारीसाधनको सञ्चालनमा रोकलगाउने व्यहोरासमेत सोही विज्ञप्तिमार्फत सम्बन्धित सबैलाई जानकारी गराएको छ । रासस