काठमाडौं, २० फागुन । प्रतिनिधिसभा सदस्यको भोली २१ गते निर्वाचनका लागि भक्तपुरमा सम्पूर्ण तयारी पूराभएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले यसबारे सञ्चारकर्मीलाई जानकारीदिँदै निर्वाचनको सम्पूर्ण तयारी पूरागरी मतदानस्थलमा कर्मचारी खटिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी उमेश ढकालले निर्वाचनको सबै तयारी पूराभइसकेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन, जिल्ला निर्वाचन कार्यालय, सुरक्षा निकाय सबैले आफ्नो जिम्मेवारी बहनगर्दै कर्मचारी परिचालन भएका छन् भन्नुभयो । सुरक्षा रणनीतिअनुसार सामान्य र सवेदनशील मतदान केन्द्रको पहिचानगरी विशेष सुरक्षा व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।
जिल्लामा ३९ मतदान केन्द्रलाई सामान्य र ३७ केन्द्रलाई संवेदनशील वर्गमा राखिएको छ । ती केन्द्रमा मतदानको दिन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहितको सुरक्षा निकायकागरी करिब तीन हजार सुरक्षाकर्मी चौबिसै घण्टा परिचालन हुने प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभएको छ । जिल्लाका दुई निर्वाचन क्षेत्रका ७६ मतदानस्थल र २३३ मतदान केन्द्र रहेका छन् । यहाँको खरिपाटीस्थित बिद्युत प्राधिकरण तथा कृषि विकास तालिम केन्द्र बोडेमा मतगणनास्थल तोकिएको छ । दुवै स्थानमा सिसी क्यामरा जडानसहित सबै व्यवस्थापन गरिएको गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभउको छ । प्रत्येक निर्वाचन केन्द्रमा छजना कर्मचारी र तीनजना स्वयंसेवक खटाइएको छ । मतदान सम्पन्नगर्न जिल्लामा एक हजार ४०० कर्मचारी तथा ७०० स्वयंसेवक खटाइएका छन् ।
शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्नगर्न सुरक्षाका लागि ५० भन्दा बढी मोबाइल टोली खटाइने र कुनै केन्द्रमा विवाद भए तत्काल थप फोर्स पठाउने गरी तयारी जनाइएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रकाश मगरका अनुसार मतदान अधिकृतसहितको टोली आवश्यक सम्पूर्ण सामग्रीसहित सबै मतदान केन्द्रमा पुगेर सर्वदलीय र सर्वपक्षीय बैठकसमेत सम्पन्न भएका छन् । निर्वाचनमा नखटिएका कर्मचारीलाई समानुपातिकमा मतदानगर्न भक्तपुर क्याम्पसमा अस्थायी मतदान केन्द्रको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभएको छ ।