काठमाडौं, २१ फागुन । आज बिहान ७ बजेबाट देशभर शानितपूर्ण रुपमा मतदान शुरु भएको छभने भोली शुक्रबार बिहानसम्ममा नतिजा आउने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार आवश्यक मतपत्र, मतपेटिका तथा अन्य निर्वाचन सामग्री सबै मतदान केन्द्रमा हिजै पु¥याइसकिएको थियो । सुरक्षालगायतका प्रबन्ध पनि मिलाइसकेको आयोगले जनाएको छ । आज हुने निर्वाचनका लागि मतदान केन्द्रहरुको निर्माण, व्यवस्थापन, पहुँच व्यवस्थापन, लैङ्गिक र अपांगमैत्री व्यवस्था तथा कर्मचारी परिचालनलगायतका सम्पूर्ण तयारी भइसकेको आयोगले जनाएको छ । मतदानगर्न पाउने गरी शान्ति सुरक्षाको भरपर्दाे प्रबन्ध मिलाइएकाले ढुक्क भएर मताधिकार प्रयोगगर्न आयोगले अपिल गरेको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्तलगायतका पदाधिकारीले पत्रकार सम्मेलन गरेर संवैधानिक दायित्वअनुसार आयोग स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय निर्वाचनको दायित्व पूरागर्न क्रियाशील रहेको स्मरण गराउँदै तयारी पूराभएको जनाएको हो । कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन केवल आफ्ना प्रतिनिधि छान्ने वा सरकार गठनगर्ने प्रक्रिया मात्र होइन लोकतन्त्रको वैधता नवीकरणगर्ने संवैधानिक अभ्याससमेत हो । लोकतन्त्रको सुदृढीकरणका लागि हुने मतदान नागरिकको अधिकार र दायित्व दुवै हो ।

आफ्नो मताधिकार प्रयोगगर्नु संवैधानिक र कानूनी अधिकार मात्र होइन, लोकतान्त्रिक नागरिकको जिम्मेवारी हो भन्नुभएको छ । सो पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले यसअघि परेका उजुरीबाहेक हालसम्म अन्य उम्मेदवारहरुको अयोग्यताको विषयमा कुनै उजुरी नपरेको र छानबिनको क्रममा नरहेको स्पष्ट पार्नुभयो । आयोगले मतगणना शुरुभएको २४ घन्टाभित्र प्रत्यक्षतर्फको मत परिणाम दिनेगरी गणना गराउन प्रबन्ध गरेको जनाएको छ । त्यसलगत्तै समानुपातिकतर्फको मतगणना हुने जनाइएको छ । दुर्गम पहाडी जिल्लाका ६१ स्थानबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत मतपेटिका संकलन गरिने र अन्य स्थानको गाडीबाट संकलन गरिने आयोगका सचिव कृष्णबहादुर राउतले जानकारी दिनुभएको छ । मतपत्र र मतपेटिकाको सुरक्षा र संकलन विगतमाझैँ एकीकृत सुरक्षा योजनाबमोजिम हुने भएकाले मतपेटिका सुरक्षित हुने आयोगको भनाइ छ । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले मतपेटिका संकलन पहिलेदेखिकै व्यवस्था अनुसार हुने हो । नेपाली सेनाले छुट्टै संकलनगर्ने होइन । मतपेटिका किञ्चित साटफेर हुँदैन ।

यसका शंका गरिरहनु पर्दैन भन्नुभएको छ । कतिपय जिल्लामा उम्मेदवारहरुसमेत पैसा र मादक पदार्थ बोकेर मतदाता प्रभावितगर्न हिँडेको आशंकामा पक्राउ परेका छन् । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले यस्ता गविविधिमा आयोगले शुन्य सहनशीलतानको नीति लिएको स्पष्ट पार्नुभयो । यस निर्वाचनामा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ ६१ वटा निर्वाचन चिन्हमा ६५ वटा राजनीतिक दल प्रतिस्पधामा छन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार मैदानमा छन् । त्यसैगरी सामानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार छन् ।

प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुने छन् । यसपटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम छन् । एक लाख ८६ हजार १४२ अस्थायी मतदाता रहेका छन् ।