
काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीलाई पितृशोक परेको छ । उहाँका पिता मोहनप्रसाद ओलीको आज बिहान ३ बजे भक्तपुरको ठिमी चारदोबाटोस्थित नेपाल–कोरिया मैत्री नगर अस्पतालमा ९७ बर्षको उमेरमा निधन भएको छ । बताइएअनुसार ओली केही दिनदेखि अस्वस्थ हुनुहुन्थ्यो ।
उहाँ छोरीको घरमा बस्दै आउनुभएको थियो । शारीरिक अवस्था जटिल भएपछि आज बिहान सो अस्पताल पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उहाँको पार्थिव शरीरलाई आजै ओली निवास गुण्डु लगेर पशुपति आर्यघाटमा दाहसंस्कार गरिदैछ । स्वर्गीय ओलीका दुई छोरा, तीन छोरी रहनुभएको छ । देशप्रेम साप्ताहिक ओली परिवारप्रति हार्दिक समवेदना ब्यक्त गर्दछ ।