काठमाडौं,२९ फागुन । क्रान्तिकारी कम्युनिष्ट पार्टी लगायतका बिभिन्न चारवटा कम्युनिष्ट पार्टी सम्मिलित संयुक्त संघर्ष समितिले बिभिन्न माग सार्बजनिक गरेको छभने आन्दोलनको तयारी भैरहेको जनाएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पार्टी (बहुमत), नेपाल कम्युनिष्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल सम्मिलित ‘केन्द्रीय संयुक्त संघर्ष समिति’का संयोजक सिपि गजुरेलले जारी गर्नुभएको एक बक्तब्यमा उपरोक्त कुरा उल्लेख छ ।
संयुक्त संघर्ष समितिको बैठक संयोजक सीपी गजुरेलको अध्यक्षतामा हालै बसेको थियो । बैठकले ‘केन्द्रीय संयुक्त संघर्ष समितिुले सञ्चालन गरेको बहिष्कार आन्दोलनको समीक्षा गर्दै बहिष्कार आन्दोलनमा सहयोगगर्ने र सहभागी हुने जनसमुदायप्रति हार्दिक धन्यवाद ज्ञापन गर्यो।
त्यसैगरी संयुक्त मोर्चालाई अझै सुदृढ र व्यापक बनाउँदै लैजान छलफल अघिबढाउने निर्णय गरेको बताइएको छ । त्यसैगरी बैठकले, पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुहरुको अभाव हुननदिन र मूल्य वृद्धि रोक्न, खाडी क्षेत्रमा रहेका नेपालीको सुरक्षाको तुरुन्त पहलगर्न, बलात्कारपछि हत्या गरिएकी सुर्खेतकी इनिशा विकका हत्याराहरुलाई तुरुन्त कारवाहीको दायरामा कड्याईका साथ ल्याउन र गत भाद्र २३ र २४ गतेको प्रकरणको जाँचबुझ आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिकगर्न राज्यसँग जोडदार माग गरेको बक्तब्यमा उल्लेख छ ।