
काठमाडौं,३० फागुन । एकजना अमेरिकी जनरल जोएल ‘जेबी’ भोवेल तीनदिने भ्रमणका लागि भोली काठमाडौं आउने समाचार प्राप्त भएको छ । अमेरिकी सेनाका उप–कमाण्डिङ जनरल जोएल ‘जेबी’ भोवेल फोर्ट शाफ्टर, हवाईमा अवस्थित अमेरिकी सेना प्रशान्तका लागि उप कमान्डिङ जनरल भएको थाहा भएको । गत फागुन २१ गते भएको संसदीय निर्वाचनपछि नेपाल भ्रमणमा आउने भोवेल सबैभन्दा उच्च पदस्थ अमेरिकी सेनाका अधिकारी भएको बताइन्छ ।
जनरल भोवेल भोली आइतबार भुटानहुँदै काठमाडौं आउने कार्यक्रम छ । भ्रमणकाक्रममा उहाँले काभ्रेपलाञ्चोकको पनौती नजिक रहेको वीरेन्द्र शन्ति तालिम सञ्चालन केन्द्रको अवलोकन गर्ने बताइन्छ । त्यसक्रममा उहाँले नेपाली सेनाले सञ्चालन गरिरहेका विभिन्न गतिविधि अवलोकनगर्ने कार्यक्रम पनि छ । अमेरिकी जनरल भोवेलले प्रधानसेनापति अशोकराज सिग्देलसहित नेपाल सेनाका वरिष्ठ अधिकारीहरुसँग पनि भेटगर्ने सम्भावना छ । नेपाल आउनुअघि जनरल भोवेलले गत बिहीबार भारतका प्रधानसेनापति उपेन्द्र द्विवेदीसँग दिल्लीमा भेटवार्ता गर्नुभएको थियो । उक्त भेटमा भारत–अमेरिका रक्षा साझेदारीलाई थप सुदृढगर्ने उपायहरुबारे छलफल भएको भारतीय सेनाले जनाएको छ । त्यसैगरी उहाँले भारतीय सेनाका रथी पुष्पेन्द्र सिंहसँग पनि भेट गरी इन्डो–प्यासिफिक क्षेत्रको सुरक्षा अवस्था र संयुक्त सैन्य तालिमबारे छलफल गर्नुभएको थियो ।
भारतपछि उहाँले भुटानको भ्रमण गरेका गर्नुभएको हो । भुटानको भ्रमण सकेर उहाँ भोली आइतबार काठमाडौंआउन लाल्नुभएको हो । फागुन २१ कोे निर्वाचनअघि पनि संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो फेब्रुअरी १३–१४ मा काठमाडौको भ्रमण गर्नुभएको थियो । अमेरिकी सेनाकाअनुसार अमेरिका र नेपालबीच संयुक्त अभ्यासमार्फत विपद् व्यवस्थापन क्षमता सुदृढगर्ने, प्राविधिक सहयोग प्रदानगर्ने, हेलिकप्टर, सवारीसाधन र सञ्चार प्रणालीजस्ता गैर–लडाकु उपकरण उपलब्ध गराउने जस्ता विषयमा उच्चस्तरको सैन्य सहयोगका विषयमा नेपालसँग सहकार्य भइरहेको छ ।