काठमाडौं,८ चैत । सीमामा सशस्त्र प्रहरी र तस्कर मिलेको आशंकागर्दै छानविन थालिएको थाहाभएको छ । यसैक्रममा प्राप्त एक समाचारअनुसार कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप पौडेलसहितका कर्मचारीलाई काठमाडौंस्थित सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय झिकाइएको छ । गत चारगते भारतबाट अवैधरुपले ल्याउँदै गरेको सामान पक्राउको विषयलाई लिएर भएको घटनाबारे छानबिन र युनिट सुरक्षामा लापरवाही गरेको पाइएपछि कारवाहीको लागि उनीहरुलाई प्रधान कार्यालय झिकाइएको बताइन्छ । उक्त घटनामा केही तस्कर समूह अनधिकृतरुपमा सशस्त्र प्रहरी बलको कार्यालयभित्र प्रवेश गरेर गुल्मपतिमाथि हातपातको प्रयास गर्दासमेत के कति कारणले बल प्रयोग नभएको र युनिट सुरक्षामा ध्यान नदिएको होभन्ने विषयमा प्रधान कार्यालयले गम्भीररुपमा छानबीन शुरुगरेको सशस्त्रका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिनुभएको छ ।
तस्कर समूह कार्यालयभित्र छिरेर हुलहुज्जत कसरी सिर्जना भयोभन्ने विषयमासमेत प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको उहाँले बताउनुभएको छ । तस्करी रोक्न विगतदेखि नै उत्कृष्टकार्य गर्दैआएका सशस्त्र प्रहरी नायब उपरीक्षक पौडेलको सक्रियता प्रधान कार्यालयलाई जानकारी भएपनि युनिट सुरक्षामाभने आवश्यक ध्यान नपु¥याएको प्रधान कार्यालयको ठहर छ । यसअघि उक्त घटनाका विषयमा छानबिनगर्न सशस्त्र प्रहरी बल नेपालनं ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले नं ४३ रिजर्भ गण वनवेहडा कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक अनिल कार्कीको अध्यक्षतामा छानबिन समिति गठनगरेको थियो । सो घटनालगत्तै त्यहाँ उपस्थित रहेका सशस्त्र प्रहरी कर्मचारीलाई मुख्यालय तानिएको छभने कार्यालयमा सशस्त्र प्रहरी बल नेपालनं ३४ गण कैलालीबाट टोली बदली गरिएको छ ।