काठमाडौं,१० चैत । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आगामी १२ गते बिहीबार बस्ने र संसदीय दलको नेताको टुंगो लगाउने भएको छ । काठमाडौंको वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा पार्टीका समसामयिक राजनीतिक विषय र आन्तरिक व्यवस्थापनका मुद्दामा छलफल गरिने भनिएको छ । बैठकमा केन्द्रीय समितिका सबै पदाधिकारी तथा सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ ।

बैठकको प्रमुख कार्यसूचीमा संसदीय दलको नेता सम्बन्धी विषय छ । दलको नेतृत्वबारे छलफल गर्दै आवश्यक निर्णय लिने तयारी गरिएको जनाइएको छ । आगामी १३ गते रास्वपाका नेता बालेन्द्र साहलाई प्रधानमन्त्री र अन्य केही नेतालाई मन्त्रीको शपथ एकै समारोहमा गराउने तयारी भैरहेको पनि बताइएको छ । तर हालसम्म प्रधानमन्त्रि र मन्त्रिहरुको टुंगो लाग्न सकेको छैन ।