काठमाडौं,१० चैत । संसदको पहिलो बैठकमै एमसीसी खारेजीको प्रस्ताव पेश हुने भएको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राईले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजको प्रस्ताव अघि सार्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत विशेष गरी राष्ट्रिय स्वाधीनता, व्यावहारिक शिक्षा र स्थानीय स्तरको आत्मनिर्भरतालाई मुख्य प्राथमिकतामा राख्ने बताउनुभएको हो । उहाँले राजनीतिक मार्गचित्रमा एमसीसीजस्ता वैदेशिक सहायता परियोजनाको खारेजी र वैदेशिक हस्तक्षेपमुक्त नीतिको वकालत गनुृभएको छ ।
शिक्षा क्षेत्रमा सैद्धान्तिक ज्ञानभन्दा पनि तात्विक र जीवनोपयोगी परिवर्तन आवश्यक रहेको उहाँको भनाई छ । उहाँले सीमावर्ती क्षेत्रको सुरक्षा र त्यहाँका नागरिकको जीवनस्तर सुधार्न केन्द्रित विकासका कार्यक्रमहरुलाई विशेष महत्व दिने उल्लेख गर्नुभएको छ । उहाँले पहिलो सदनमा हाम्रो प्रस्ताव एमसीसी खारेज, शिक्षामा तात्विक परिवर्तन, सीमा रक्षा र सीमावर्ती क्षेत्रमा केन्द्रित विकास,आर्थिक विकास र एक पालिका एक उद्योग आदि रहने छन् भन्नुभएको छ ।