काठमाडौं,१३ चैत । आज नयाँ प्रधानमन्त्रिलाई सपथ गराउने तयारी भैरहेको छभने मन्त्रि छनोटमा बिवाद कायमै रहेको बताइएको छ । आज बिहानसम्म राष्ट्रपतिबाट नयाँ प्रभानमन्त्रिको नियुक्ति हुन बाँकी रहेको भनिएको छ । समाचारसूत्रहरुले रास्वपाका नयाँ नेता बालेन्द्र शाह प्रधानमन्त्रि हुन लाग्नुभएको तर मन्त्रिहरुको छनोटमा बिवाद रहेको बताएका छन् । आज शुक्रबार मध्यान्ह १२ः३४ बजेको साइतमा नयाँ प्रधानमन्त्रीले शपथ ग्रहणगर्ने कार्यक्रम छ ।
समारोहमा ७ वटा शंख बजाइने छभने १०८ जना बटुकबाट स्वस्तिशान्ति वाचन हुनेछ । त्यस्तै, १६ जना बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गरिनेछ । शपथ ग्रहणपछि प्रधानमन्त्रीको सिंहदरबारमा पदबहाली करिब २ः१५ बजे हुने व्यवस्था मिलाइएको थाहाभएको छ । आजै १५ देखि १८ सदस्यीय मन्त्रिपरिषद् गठनगर्ने तयारी छ । नयाँ प्रधानमन्त्री बनाइन लागेका बालेन्द्रको पृष्ठभूमि राजनीतिक होइन । उहाँ ¥यापर र इन्जिनियरकारुपमा चर्चामा रहँदै आउनुभएको थियो । ०७९ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारकारुपमा उहाँ काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभएको थियो । महानगरपालिकाको प्रमुखको कार्यकाल बिवादास्पद बनेको थियो ।