काठमाडौं,१७ चैत । सामान्य प्रशासन मन्त्रालयले ६३ उपसचिव वा सो सरहका कर्मचारीलाई सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएका स्थानीय तह तथा जिल्ला समन्वय समितिका कार्यालयहरुमा उपसचिव वा सोसरहका कर्मचारी खटाउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता एवं सहसचिव नीता पोखरेल अर्यालले जानकारी दिनुभयो । खटाइएकामध्ये केहीलाई सरुवा गरिएको छभने केहीलाई स्थानीय तहमा कामकाजका लागि खटाइएको मन्त्रालयले जनाएको छ ।