काठमाडौं,१७ चैत । सिपि गजुरेल नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालको केन्द्रिय समितिको बैठक आजबाट दाङमा शुरुभएको छ । बैठकमा समसामयिक राजनीतिक परिस्तितिका बारेमा छलफल हुनलागेको बताइएको छ । सो पार्टीले केन्द्रिय समितिको बैठक अघि जारीगरेको एक बक्तब्यमा बर्तमान बालेन्द्र सरकार विरुद्ध र राष्ट्रिय स्वाधीनताका लागि सम्पूर्ण देशभक्त, वामपन्थी, सच्चा–लोकतन्त्रवादी र क्रान्तिकारी कम्युनिष्ट पार्टी,समूह तथा व्यक्तित्वहरुलाई साम्राज्यवादका विरुद्धको संयुक्त मोर्चा र स्वाधीन संयुक्त सरकारको पक्षमा संघर्षमा गोलबन्द हुन विशेष आग्रह गरेको छ । सो पार्टीका प्रवक्ता हेमन्त प्रकाश वलीले जारी गर्नुभएको वक्तव्यमा जनताका बिभिन्न तह, तप्का र पेशागत हक तथा अधिकारको प्रतिनिधित्वगर्ने जनवर्गीय संगठन, जनजाति संगठन र ट्रेड यूनियनहरुमाथि प्रतिबन्ध लगाउने ध्येयकासाथ चेतावनी दिने लगायतका कठपुतली सरकारका आदेशहरुप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।
सरकारको यो काम ट्रम्प शैलीको नेपाली संस्करणमात्र हो । यसको हाम्रो पार्टी विरोध गर्दछ भनिएको छ । वक्तव्यमा अमेरिकाद्वारा भारतको सहयोग लिएर गरिँदै आएको दशकौंदेखिको पूर्वाभ्यास र राजनीतिक तथा ऐतिहासिक मनोविज्ञानको अध्ययनगरी गत भाद्र २३ र २४ गते जेनजी विद्रोह गराई नेपालमा कठपुतली सुशीला सरकार लादियो । उक्त सरकारले निर्वाचन नामको नाटक मञ्चनगरी साम–दाम–दण्ड–भेदको बलमा राष्ट्रिय स्वतन्त्र पार्टी नामक दललाई करिब दुईतिहाइ मतले जितायो । उक्त निर्वाचन हाम्रो क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालद्वारा बहिष्कार गरिएको थियो । बालेन्द्र साह नेतृत्वको रास्वपा सरकार बनेको भोलिपल्टै गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले एक पक्षीयरुपमा भाद्र २३ को घटनालाईमात्र जोडदिई तयार पारेको प्रतिवेदनलाई आधार बनाएर सरकारद्वारा पर्याप्त विधि प्रक्रिया नपु¥याई फासीवादी शैलीमा तत्कालीन सरकारका प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको भनिएको छ । बक्तब्यमा जनताका विभिन्न तह, तप्का र पेशागत हक तथा अधिकारको प्रतिनिधित्वगर्ने जनवर्गीय संगठन, जनजाति संगठन र ट्रेड युनियनहरुमाथि प्रतिबन्ध लगाउने ध्येयकासाथ चेतावनी दिने लगायतका कठपुतली सरकारका आदेशहरुप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । सरकारको यो काम ट्रम्प शैलीको नेपाली संस्करण मात्र हो । यसको हाम्रो पार्टी विरोध गर्दछ ।
भाद्र २३ को घटनामामात्र आधारित भएर पूर्वाग्रही ढंगले कार्बाही चलाउनु र २४ गतेको घटनालाई ढाकछोपगर्नु भावी सरकारमै पर्नसक्ने अपराधीहरुलाई सुरक्षित राख्ने खेल थियोभन्ने कुरा स्पष्ट देखिन्छ । अन्ततः हामी फासीवाद उन्मुख साम्राज्यवादको कठपुतली बालेन्द्र सरकार विरुद्ध र राष्ट्रिय स्वाधीनताका लागि सम्पूर्ण देशभक्त, वामपन्थी, सच्चा–लोकतन्त्रवादी र क्रान्तिकारी कम्युनिष्ट पार्टी ,समूह तथा व्यक्तित्वहरुलाई साम्राज्यवादका विरुद्धको संयुक्त मोर्चा र स्वाधीन संयुक्त सरकारको पक्षमा संघर्षमा गोलबन्द हुन विशेष आग्रह गर्दछौं भनिएको छ ।