काठमाडौं,१७ चैत । ०७२ को संविधानमा तेश्रो संशोधन हुने भएको छ । नयाँ सरकारले संविधान संशोधनका लागि बहस पत्र तयारगर्न प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकारको नेतृत्वमा कार्यदल गठनगर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार हिजो बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र अनुरुप संविधान संशोधनका लागि बहसपत्र तयारगर्न लागिएको हो । उहाँले संविधान संशोधनका लागि सबै दलको सहमति आवश्यक हुने बताउनु भएको छ ।

कार्यदलको अध्यक्षतामा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह नियुक्त हुनुभएको छ । प्रतिनिधि सभाका पूर्वसांसदसमेत रहनुभएका असिम शाहको नेतृत्वमा बन्ने कार्यदलमा संसदमा प्रतिनिधित्वगर्ने सबै दलका प्रतिनिधि रहने भनिएको छ । प्रवक्ता पोखरेलकाअनुसार राजनितिक सल्लाहकारको अध्यक्षतामा रहने कार्यदलमा संसदमा प्रतिनिधित्वगर्ने सबै दलको प्रतिनिधि रहनुहुन्छ । राष्ट्रिय सहमतिमा संविधान संशोधनका लागि बहसपत्र तयार हुने भनिएको छ ।