काठमाडौं,१७ चैत । आजबाट नेपाली कांग्रेसको चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक आह्वान गरिएको छ । कार्यबाहक सभापति पूर्णबहादुर खड्काले काठमाडौमा दुई दिने बैठक आह्वान गर्नुभएको हो । आज चैत १७ र भोली १८ गते चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति बैठक डाकिएको छ । त्यसैगरी यही चैत १९ पार्टीका जिल्ला सभापतिहरुसँग छलफल तयभएको छ । प्रतिनिधिसभामा कांग्रेसका प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी ३८ सांसद छन् । राष्ट्रिय सभामा ११ माघमा निर्वाचित भएका कांग्रेसका नौ सांसद हुन् । खड्काले धुम्बाराहीमा नवनिर्वाचित सबैलाई बोलाए पनि देउवा र कोइराला पक्षमा रहेका प्रतिनिधसिभाका ११ र राष्ट्रिय सभाका ४ गरी १५ सांसदकोमात्रै उपस्थिति थियो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्यहरु रुक्मणि कोइराला, गंगालक्ष्मी अवाल, सीता थपलिया, विष्णु खड्का, रीना उप्रेती केसी, निनु कर्ण, हरिनादेवी कामी, गीता सेन्दाङ, टेकबहादुर गुरुङ, सुशीला ढकाललगायत हुनुहुन्थ्यो । राष्ट्रिय सभाका जगत तिमिल्सेना, खम्मबहादुर खाती, रञ्जित कर्ण र चन्द्र केसी उपस्थित हुनुभएको थियो । नेपाली कांग्रेसको आधिकारिकताबारेको मुद्धा सर्बोच्च अदालतमा बिचारधिन रहेको छभने आगामी २२ गते तारेख तोकिएको छ ।