काठमाडौं,३० चैत । राष्ट्रिय जनमोर्चाका केन्द्रीय वैकल्पिक सदस्य टंक गौतमको ८० बर्षको उमेरमा हिजो निधन भएको थाहा भएको छ । गौतमको मोरङको विराटनगरस्थित आफ्नै निवासमा निधन भएको हो । भारतको नोएडादेखि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजबाट नेकपा (मसाल) को राजनीतिमा जोडिनुभएका गौतम पछिल्लो समय फोक्सो, पित्तथैलीलगायतका समस्याबाट पीडित हुनुहुन्थ्यो । राजमो कोशी प्रदेश समितिको सदस्यसमेत रहनुभएका गौतमको हिजो साँझ ७ बजेतिर निधन भएको परिवारले जानकारी दिएको छ ।

उहाँको विराटनगरमै दाहसंस्कार गरिएको छ । गौतमको परिवारमा पत्नी, दुई छोरा र एक छोरी रहेको राजमोले जनाएको छ ।