काठमाडौं,३० चैत । आज एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीको पित्तथैलीको शल्यक्रिया हुनेभएको छ । अस्पताल श्रोतका अनुसार गत शुक्रबारसम्म सबै जाँचगर्दा रिपोर्टहरु नर्मल देखिएकाले आज सोमबारका लागि शल्यक्रियागर्ने तयारी गरिएको हो । त्रिवि त्रिबि शिक्षण अस्पतालका निर्देशक प्राध्यापक डा.सुवास आचार्यले पूर्व प्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रियाका लागि तयारी भइरहेकोभन्दै आज सोमबारसम्म स्वास्थ्यमा कुनै उत्तारचढाव नआए सोही मितिमा गरिने बताउनुभएको हो ।

ओली गत चैत १४ पक्राउपछि अस्पताल भर्ना हुनुभएको थियो । उहाँलाई चैत २६ गते सर्वोच्च अदालतले थुनामुक्तगर्न आदेश दिएको थियो ।