
काठमाडौं,१२ वैशाख । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि हिजो हुने भनिएको निर्वाचन कार्यक्रम स्थगित गरिएपछि भाँडभैलो भएको थाहाभएको छ । भनिन्छ सो पार्टीमा शेरबहादुर देउवा र गगन थापा समूहका बीचमा तानातान बढेको छ । संसद र केन्द्रिय समितिमा देउवा पक्ष बलियो बन्दै गएकाले गगन थापा सभापति पदबाट राजीनामागर्न बाध्य हुने बताइन्छ । पार्टीसँगको परामर्शमा सर्वसम्मतरुपमा नेता चयनगर्ने प्रयासगर्ने भन्दै हिजोका लागि सम्पूर्ण कार्यक्रम स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ ।
यसैबीच कांग्रेसको गगन थापा समूहको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयानुसार संसदीय दलको नेता चयन सर्वसम्मतबाटगर्ने प्रयोजनका लागि उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा समिति गठन गरिएको छ । उक्त समितिमा उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे तथा निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेही, निर्वाचन समिति सदस्यहरु मुना भुसाल र अधिवक्ता राजु कटुवाल सदस्य रहनुभएको छ ।
निर्वाचन कार्यतालिकासहितको अर्को सूचना यथाशीघ्र प्रकाशित गरिने निर्वाचन समितिले जनाएको छ । तर पार्टीको बिवाद नमिलेसम्म संसदीय दलको नेता छनोट हुननसक्ने अवस्था रहेको जानकारहरुले बताइका छन् ।