काठमाडौं,१२ वैशाख । क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका महासचिव सिपि गजुलेरलले मुलुकलाई संकटबाट जोगाउन सबै क्रान्तिकारी, देशभक्त शक्तिहरु एकजुट हुन आग्रह गर्नुभएको छ । काठमाडौंमा हिजो आयोजित एक कार्यक्रममा बोल्दै उहाँले उपरोक्त कुरा बताउनुभएको हो । महासचिव गजुरेलले सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाउने कुरा, बिद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने कुरा पञ्चायती व्यवस्थामासमेत नभएकोभन्दै आपत्ति जनाउनु भएको थियो । उहाँले परिस्थिति बदलिएको छ । अब अहिले नेपालको नै कुरा गर्ने होभने फाँसीवाद लागूगर्दै गइराखेको छ । सरकार बनेको एक महिना पुगेको छैन सुकुम्बासीलाई त्यहाँबाट हटाउनको निम्ति डोजर लगाउने भनेर सुनियो ।
अब यो त फाँसीवादको प्रयोगगर्ने हो नि । अब विद्यार्थीहरुले संगठन खोल्न हुँदैन भनेर निर्णयगर्नु भनेको त फाँसीवाद हो नि भन्नुभएको थियो । उहाँले बर्तमान सरकार नेपाली जनताको हितमा नभएको पनि बताउनु भएको थियो । त्यसैगरी सोही कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलाले वर्तमान सरकारले साम्राज्यवादीको एजेण्टकारुपमा काम गरिरहेको बताउनु भएको थियो । ‘वर्तमान परिस्थिति र आगामी बाटो’विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले पहिलेका पार्टीहरु साम्राज्यवादीको गोटी भएपनि राजनीतिक तरिकाले आएको भएर तिनिहरुको एउटा चरित्र भएको र अहिलेको सरकारको दोहोरो चरित्र भएको बताउनु भएको थियो ।