
काठमाडौं,२० वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरको रहस्यमय नेपाल भ्रमण सम्पन्न भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एशियाका लागि विशेष दूत सर्जियो गोर नेपाल आएर पनि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री वालेन्द्र शाहलाई नभेटी फर्कनु भएको बताइन्छ । भारतका लागि अमेरिकी राजदूतसमेत रहनुभएका गोरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटवार्ता गर्नुभएको थियो ।
सर्वाेच्च शिखर सगरमाथाको आधार शिविरको भ्रमणकाक्रममा गोरले अमेरिकी ड्रोन प्रविधिबारे जानकारी लिए पनि ड्रोन सञ्चालनको अनुमति नभएको भन्दै गृहमन्त्रालयले रोकेको थियो । यसअघि अमेरिकी सहायक विदेशमन्त्री एस पावल कपुरले पनि काठमाडौं भ्रमण गर्नुभएको थियो ।