
काठमाडौं,२० वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छँेले सञ्चारमाध्यमले जहिले पनि प्रतिपक्षको भूमिका खेल्नुपने बताउनुभएको छ । भक्तपुरमा सम्पादकीय संकलन (तेस्रो खण्ड) र एक क्षण (समसामयिक टिप्पणी संकलन) नामक दुई पुस्तकको हिजो विमोचनगर्दै अध्यक्ष बिजुक्छँेले सरकारलेगर्ने हरेक कामलाई हेरेर त्यसमा भएका कमीकमजोरीलाई मिडियाले औँल्याउनुपर्ने बताउनुभएको थियो । अध्यक्ष बिजुक्छेँले वर्तमान समयमा आलोचनात्मक दृष्टिकोण राख्ने व्यक्ति घट्दै गएकामा चिन्ता व्यक्तगर्दै युवामा आलोचनात्मक दृष्टिकोणको भावना बढाउनुपर्ने खाँंचो रहेको बताउनुभएको थियो ।
सरकारगर्ने गल्ती कमजोरीमा युवाले औँला ठड्याउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभएको थियो । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले पार्टीहरु विचार र सिद्धान्तमा अडिग रहेर देशको भविष्यप्रति चिन्ता गर्दै दिशानिर्देश गर्नेहरुको समूह हुनेभन्दै नेपाल मजदुर किसान पार्टीले त्यो काम गरिरहेको बताउनुभएको थियो ।