
काठमाडौं,३१ वैशाख । सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगविरुद्ध दायरगरेको रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले हिजो कारण देखाउ आदेशगर्दै आगामी जेठ ६ गते छलफलका लागि बोलाएको हो ।
अधिवक्ता डा प्रेमराज सिलवालद्वारा उक्त आयोग असंवैधानिक र क्षेत्राधिकारविहीन भएको उल्लेखगर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई रिटनिवेदन दायर गर्नुभएको थियो ।