
काठमाडौं,३१ वैशाख । श्रम संस्कृति पार्टीमा सुदन किराँती समूहलाई पनि जिम्मेवारी दिइएको छ । सो पार्टीमा किराती समूहबाट ३ पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन् । नयाँ जिम्मेवारीअनुसार सुदन किराँती वरिष्ठ नेता, प्रकाश विकल्प उपाध्यक्ष र सचिवमा टीकाराम राई रहनुभएको छ ।
सो पार्टीमा किरातीको समूह समावेश भएसँगै पार्टीको भूमिका थप प्रभावकारी हुने र सदनदेखि सडकसम्म बलियो प्रतिपक्षको भूमिका निर्वाहगर्ने सो पार्टी सचिव टीकाराम राईले जानकारी दिनुभएको छ ।