काठमाडौं,३१ वैशाख । भोली जेठ एकगते काठमाडौं लगायत देशका बिभिन्न स्थानमा ६२ औँ बिद्यार्थी दिवस मनाइँदै छभने सरकारी प्रतिबन्धको बिरोध बढ्दैगएको छ । काठमाडौंमा आर.आर. क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौंमा कार्यक्रमको आयोजना हुनेछ । “सम्पूर्ण बिद्यार्थीहरु एकजुट हौँ” भन्ने नारासहित ६२ औँ बिद्यार्थी दिवस विविध कार्यक्रमकासाथ मनाइने भएको हो । संयुक्त बिद्यार्थी संगठनको आयोजनामा हुने कार्यक्रममा प्रतिबन्धविरुद्ध प्रतिरोधगर्न बिद्यार्थीहरुलाई आह्वान गरिएको छ ।
कार्यक्रममा मार्चपास, रक्तदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ । कार्यक्रम त्रिचन्द्र क्याम्पसदेखि आर.आर. क्याम्पससम्म मार्चपासगर्दै सम्पन्न गरिने जनाइएको छ । ६२ औँ स्थापनाद दिवसको अवसरमा बिद्यार्थी संगठनले बिद्यार्थी अधिकार, स्वतन्त्रता तथा शैक्षिक आन्दोलनलाई सशक्त बनाउन जोडदिइने जनाएको छ ।