काठमाडौं, २३ जेठ । क्रान्तिकारी कम्युनिष्ट पार्टीसम्बद्ध अखिल (क्रान्तिकारी)ले मशाल जुलुस प्रदर्शनगर्दै नेपालमा भैरहेको विदेशी हस्तक्षेपको बिरोध गरेको छ । भक्तपुरको सानोठिमी क्याम्पस अगाडि भारतीय सेना कालापानी छोडभन्दै मशाल जुलुस प्रदर्शन गरिएको हो ।

प्रहरी हस्तक्षेपका बाबजुद मशाल जुलुस प्रदर्शन र कोणसभा सम्पन्न भएको सो संगठनका अध्यक्ष महेश श्रेष्ठले जानकारी दिनुभएको छ । मशाल जुलुस प्रदर्शनमा संगठनका अध्यक्ष श्रेष्ठ, महासचिव नवीन खड्का, सचिव दिनेश जोशी, भक्तपुर अध्यक्ष सागर कार्की लगायत नेताहरुकोसमेत उपस्थिति रहेको थियो । अखिल (क्रान्तिकारी) भक्तपुरको आयोजनामा गरिएको मशाल जुलुस र कोणसभालाई सम्बोधन संगठनका सचिव दिनेश जोशीले गर्नुभएको थियो ।

मशाल जुलुसकाक्रममा भारतीय विस्तारवाद मूर्दावाद, राष्ट्रघाती वालेन्द्र साह राजिनामा दे, अमेरिकी साम्राज्यवाद मूर्दावाद, राष्ट्रिय स्वाधीनता जिन्दावाद, राष्ट्रघाती वालेन्द्र सरकार खारेज गरौं, लिपुलेक हाम्रो हो, दलाल बालेन्द्र सरकार मुर्दावाद, अखिल (क्रान्तिकारी) जिन्दावाद लगायतका नाराहरु लगाइएका थिए ।