काठमाडौं, २२ जेठ । बाराको कचोर्वामा एक कर्यक्रमका बीच नेपाल कम्युनिष्ट पार्टीको पुनर्मिलन तथा प्रबेश कार्यक्रम सम्पन्न भयो । गत १९ गते सम्पन्न सो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका संयोजक लोकनारायण सुवेदी तथा सचिवालयका सदस्य कमरेडहरु रामदुलार महतो, राजन साह तेली, ठाकुर खपाङ्गी र पीबीएम चन्द्रदेब रामसमेतको उपस्थिति रहेको थियो । कार्यक्रममाबारा सिम्रौनगढ नगारपालिका र पचरौता नगरपालिकाका पुराना बापन्थी नेता नागेन्द्रप्रसाद यादबकासाथ कैलाश यादब, जंगबहादुर राउत अहिर, बिद्यानन्द यादब,.रामसागर पटेल, सनबर अन्सारी,कुन्दनकुमार यादब, पारस ठाकुर र प्रकाश यादबहरु क्रान्तिकारी भावना र दृढताकासाथ नेपाल कम्युनिष्ट पार्टीमा पुनर्मिलन र प्रबेशगर्नु भएको थियो । त्यस अबसरमा उहाँहरुको स्वागत अभिवादन गर्नुहुँदै पार्टीका केन्द्रिय सयोजक लोकनारायण सुबेदीले पार्टीको झण्डा हस्तान्तरण गर्नुकासाथै सबै मुनर्मिलन तथा प्रवेशमा सहभागी सबैलाई कमरेड पुष्पलाल अंकित लकेट सम्मास्वरुप प्रदान गरिएको थियो । पुनर्मिलन तथा प्रबेश कार्यक्रमका सहभागीहरुको हार्दिक स्वागतगर्दै तथा बधाई र शुभकामनादिदै पार्टीका संयोजक लोकनरायण सुबेदीले किसान आन्दोलनको उत्प्रेरक क्रान्तिकारी भूमि बारा–पर्सा–रौतहटको यो क्रान्तिकारी क्षेत्रका अबिस्मरणीय संघर्षशील अग्रज किसान नेताहरु हरिहर यादव, हरिदयाल महतो, मोहम्मद अमिन, महादेव साह, शेख फर्मानजस्ता ब्यक्तित्वहरुले कमरेड पुष्पलालको संघर्षशील नीति र नेतृत्व रहेर चलाएको क्रान्तिकारी किसान आन्दोलनको गौरबशाली परम्परालाई अनुशरणगर्दै राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीबिकामाथिको बढ्दो खतराका बिरुद्ध एकताबद्ध भएर संयुक्त आन्दोलनको दिशामा सशक्त र अनुशासित किसिमले अग्रसर हुन आह्वान गर्नु भएको थियो ।

उहाँले कार्यक्रममा कम्युनिष्ट आन्दोलनमा आएको सैद्धाान्ति, राजनीतिक र संगठनात्मक बिचलन, बिग्रह र अनैतिकतालेगर्दा जनताको यो आमूल परिबर्तनको आन्दोलमा गतिरोध आएको कुरा औंल्याउनु भएको थियो । कार्यक्रममा उपस्थित सबैलाई शुभकामना दिदै नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा अखिल नेपाल प्रगतिशील किसान संघका अध्यक्ष रामदुलार महतोले बालेन सरकारको नीति र बजेट किसान बिरोधी, संबिधानप्रदत्त मौलिक, हक बिरोधी र किसान मारा रहेको औल्याउदै किसानका निम्ति जुन जोगी आए पनि कानै चिरेको प्रमाणित भइरहेको औल्याउनु भयो । देश बिदेशी हस्तक्षेपले ग्रस्त हुँदै गएको र साम्राज्यवादले जाति, धर्म, सस्ँकृति, क्षेत्र आदिको नाममा जनतालाई बिभाजनगर्ने र लडाउने जुन प्रपञ्च रचिरहेको छ त्यसैमा बगेका कम्युनिष्ट नामधारीहरुले कम्युनिष्ट आन्दोलनको साख गिराएकोर यसलाई कमजोर पारेको र यस्तो खतरनाक औसरवादी प्रबृत्तिबाट साबधान र चनाखो रहँदै किसान आँन्दोलन उठाउन सकेमा मात्र राष्ट्रियता जनतन्त्र र जनजीबिको आन्दोलन पनि सशक्त र प्रभावकारी हुन्छ भन्नु भयो । पार्टीका केन्द्रिय सचिवालय सदस्य तथा अखिल नेपाल प्रगतिशील किसान संघका महासचिव राजन शाह तेलीले नेपालको कम्युनिष्ट आन्दोलनलाई उत्पादनसँग जोडेर लैजाने पार्टीको क्रान्तिकारी परम्परालाई जीबन्त र सक्रिय तुल्याउन नसकेसम्म पार्टी सांगठनिकरुपले सशक्त, स्वर्भिर र संघर्षशील हुन नसक्ने भएकोले अब त्यो दिशामा पुनः पार्टीलाई अघि बढाउन छलफल चलिरहेको छ त्यो सही निष्कर्शमा पुगेर सही दिशामा अघि बढने छभन्ने बिश्वास दिशलाउदै सबैलाई सुशभकामना दिनु भयो ।

कम्युनिष्ट आन्दोलनमा घुसे घुसाइएका अवसरवादी, संशोधनवादीहरुले जनतालाई भ्रमित पारेर अल्मल्याउने काम गरेको र त्यसलाई सही किसिमले चिर्न पार्टी कार्यकर्ता हामी सबैले बैचारिक, सैद्धान्तिक र राजनीतिक ज्ञानको स्तर समय सुहाउँदो किमिसले माथि उठाउन सकियो भनेमात्र सही दिशामा अघि बढ्ने् आत्म बिश्वास बढ्छ र सार्थक दिशामा आन्दोलन अघि बढ्छ भन्नु हुँदै पार्टीका अर्का सचिवालय सदस्य तथा किसान संघका केन्द्रिय सचिव ठाकुर खपाङ्गीले किसान सहित जनबर्गीय संगठनहरुलाई जगाऔं कमरेड पुष्पलालको नयाँ जनवादहुँदै समाजवादमा पुग्ने सही बाटोमा सबैलाई लगाऔं भन्ने आह्वान गर्नु भएको थियो । पार्टीका पोलिट ब्यूरो सदस्य तथा केन्द्रिय किसान नेता चन्द्रदे्ब रामले कम्युनिष्ट पार्टी भनेकै भुइ मान्छेको शोषित पीडित तल्लो तहका जनताको मुक्तिको लागि संघर्षगर्ने पार्टी भएकाले यसमा संगठित भएर अघि बढ्नुको क्ुनै बिकल्प छैन भन्नुहुँदै कमरेड पुष्पलालको सही नीतिको वरीपरी सबै गोलबन्द भएर जनताको आन्दोलनलाई सही ढंगले अघि बढाऔं भन्नु भएको थियो । नेपाल कम्युनिष्ट आन्दोलनका पुराना नेता नागेश्वर प्रसाद यादबले कमरेड पुष्पलालको क्रान्तिकारी सिद्धान्त, नीति र कार्यक्रमलाई छोड्दा कम्युनिष्ट आन्दोलन छिन्नभिन्न भएको र सही निष्कर्शमा पुग्न नसकेकोले देश र जनताका समस्या समाधान नभएको महसुस गरी समय सापेक्षरुपमा कमरेड पुष्पलालको नीतिमा चलेको नेपाल कम्युनिष्ट पार्टीमा हामी सबै प्रबेश गरेका हौ र हाम्रो पुनर्मिलन भएकोभन्ने धारणा राख्नुहुँदै पुष्पलालको क्रान्तिकारी बाटोमा अग्रसर हुनु सबै सच्चा कम्युनिष्टहरुको कत्र्तब्य र उत्तरदायित्व होभन्ने आफ्नो प्रतिद्धता रहेको र यसमा अडिग रहेर अघि बढ्न सबै क्रान्तिकारी कमरेडहरुलाई आह्वान गर्नु भएको थियो ।

कार्यक्रममा यूवा नेता कुन्दन कुमार यादब लगायत कैलाश यादब, जंगबहादुर राउत अहिर, बिद्यानन्द यादब,.रामसागर पटेल, सनबर अन्सारी,कुन्दनकुमार, पारस ठाकुर र प्रकाश यादबहरुले समेत बोल्नुहुँदै नेपाल कम्युनिष्ट पार्टीलाई दक्षिणपन्थी र उग्रबामपन्थी अबसरवादबाट जोगाउदै जनताको बिचमा पु¥याउन सकियोभने देशमा आमूल क्रान्तिकारी परिबर्तन ल्याउन सकिने बिश्वास ब्यक्त गर्नु भएको थियो । मुनर्मिलन कार्यक्रममा प्रबेश गर्नुभएका सबै कमरेडहरुले पार्टी बिस्तार, जन बर्गीय संगठनहरुको निर्माण र प्रशिक्षण कार्यक्रम सञ्चालनगर्ने र पार्टीलाई सशक्त र प्रभावकारी बनाउने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।