काठमाडौं,२२ जेठ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले रास्वपाका नेताहरुको दिल्ली दौड रहस्यपूर्ण रहेको बताउनु भएको छ । उहाँले सामाजिक सञ्जालमार्फत एक टिप्पणी सार्वजनिक गर्दै उपरोक्त रहस्यादेघाटन गर्नुभएको हो । महामन्त्रि सिंहले भारतले रास्वपाका सभापति रवि लामिछानप्रति देखाएको सद्भाव र सम्मानका पछाडि राजनीतिक उद्देश्य रहेको बताउनुभएको छ । आफ्नो फेसबुक स्टाटसमा सिंहले भारतीय नेतृत्वले लामिछानेलाई दिल्ली बोलाएर सम्मान गरेको घटनालाई सामान्य कूटनीतिक गतिविधिमात्र नभई दीर्घकालीन राजनीतिक रणनीतिसँग जोडेर व्याख्या गर्नुभएको छ ।
उहाँकाअनुसार उक्त भेटका पछाडि कालापानी, लिम्पियाधुरा र लिपुलेकसम्बन्धी नेपाल–भारत सीमा विवादमा नेपालको अडान कमजोरपार्दै भारतको पक्षमा सहमति जुटाउने प्रयास हुनसक्ने देखिएको छ । सिंहले आफ्नो टिप्पणीमा आगामी दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी तथा प्रधानमन्त्रि बालेन्द्र साहको भूमिका कस्तो रहनेछभन्ने विषयले राजनीतिक वृत्तमा विशेष चासोको विषय बन्न सक्ने उल्लेख गर्नुभएको छ ।