काठमाडौं,३० भदौ । यसअघि भारतसँग बिद्युत ब्यापार गर्दै आएको नेपाल अब भारतबाट दैनिक ६५४ मेगावाट विद्युत किन्ने अवस्थामा पुगेको थाहाभएको छ । बंगलादेशसँगको बिद्युत ब्यापार पनि बन्दभएको छ । भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट बिद्युत उपलब्ध गराउने सहमतिगरेको छ । भारतको ऊर्जा मन्त्रालयले एक विज्ञप्ति जारीगर्दै उक्त जानकारी दिएको हो । भारतरले यही सेप्टेम्बर १३ देखि आगामी डिसेम्बर ३१ सम्म नेपाल बिद्युत प्राधिकरणलाई राति १२ बजेदेखि साँझ ६ बजेसम्म बिद्युत उपलब्ध गराउने निर्णय भएको जनाएको छ ।

बताइएअनुसार मुजफ्फरपुर–ढल्केबर ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत अधिकतम ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर १३२ केभी सिंगल सर्किट प्रसाइनमार्फत ५४ मेगावाट बिद्युत उपलब्ध गराइने भएको छ । भारतले सन् २०२७ जनवरीदेखि हुने बिद्युत निर्यातभने सन् २०२६ डिसेम्बरमा समीक्षा गरिने उल्लेख गरेको छ ।