
काठमाडौं,३० भदौ । रहस्यमय ग्रिनआर्मीको बिवादमा सेना र सरकारमा रहेकाहरु तानिदै छन् । भारतीय सेनासँग मिल्दोजुल्दो पोशाक, दज्र्यानी चिन्ह र सैन्य संरचना प्रयोगगर्दै आएकोभन्दै विवादमा परेको ग्रिन आर्मी नेपालबारे सर्वोच्च अदालतले सरकार र सुरक्षा निकायसँग जवाफ मागेको छ ।
न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले प्रारम्भिक सुनुवाइगर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह र रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत विपक्षीका नाममा कारण देखाऊ आदेश जारीगरेको हो ।
अदालतले विशेषगरी ग्रिन आर्मीको दर्ता, पोशाक, दज्र्यानी चिन्ह, संगठनात्मक संरचना र गतिविधिको कानूनी आधारबारे स्पष्ट पार्नभनेको छ । त्यसैगरी नेपाली सेनाले उक्त संस्थालाई सैन्य प्रकृतिको पोशाक तथा गतिविधिका लागि कुनै सहमति दिएको हो वा होइनभन्ने विषयमासमेत जवाफ मागिएको छ ।