काठमाडौं,३० भदौ । बर्तमान सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अकस्मात २ दिने भ्रमणका लागि आगामी असोज २ गते भारत जाने हुनुभएको छ । भ्रमणको बिषय भ्रमणकाक्रममा अर्थमन्त्री वाग्लेले भारतकी अर्थमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्तागर्ने कार्यक्रम तयभएको बताइन्छ । असोज २ र ३ गते हुने भ्रमणकाक्रममा वाग्लेले भारतीय समकक्षी सीतारमण तथा विदेशमन्त्री जयशंकरसँग नेपाल–भारत सम्बन्ध तथा आपसी चासोका विषयमा छलफलगर्ने बताइएको छ ।

नेपालका परराष्ट्रमन्त्रि असोज ४ गते न्युयोर्क जाने कार्यक्रम रहेकाले भारतीय विदेशमन्त्रि सँग साइडलाईन वार्ताको प्रबन्ध मिलाउन त्यसअघि अर्थमन्त्रि डा. वाग्ले दिल्ली जान लाग्नुभएको बताइन्छ । भनिन्छ भारतीय विदेशमन्त्रि जयशंकर नेपालका प्रधानमन्त्रिसँग भेटवार्तागर्न अनिच्छुक रहँदैआउनु भएको छ ।