
काठमाडौं,३० भदौ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बर्तमान सरकार धेरैदिन नटिक्ने दुर्गा प्रशाइँको खुलाशा गर्नुभएको छ । उहाँले हिजो आफ्नै निवास भक्तपुरमा एक पत्रकार सम्मेलनको आयोजना गरी उक्त खुलाशा गर्नुभएको हो । पत्रकार सम्मेलनमा उहाँले बर्तमान सरकारका गतिबिधिप्रति निन्दा गर्नुभएको थियो । उहाँले बर्तमान सरकारले नै मुलुकमा विध्वंस मच्चाएको आरोपसमेत लगाउनुभएको थियो । पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले देशको वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्नुभएको थियो । उहाँले नेपालमा राजसंस्था र शाहवंशको भूमिकाबिना राष्ट्रियताको जगेर्ना हुननसक्ने दाबी पनि गर्नुभएको थियो ।
आफूलाई कसैले कुनै बाह्य शक्ति वा संगठनसँग जोडेर प्रचार गर्नेगरेकोभन्दै उहाँले त्यसको खण्डन पनि गर्नुभएको थियो । वर्तमान सरकार र त्यसको नेतृत्वको अदूरदर्शी नीतिका कारण देशको अर्थतन्त्र तहसनहस भएको र युवाहरु विदेशिन बाध्य भएको उहाँको भनाइ थियो । प्रसाईंले बैंकहरुमा अरबौँ रुपैयाँ थुप्रिए पनि स्पष्ट भिजन र शान्तिसुरक्षाको वातावरण नभएका कारण बाह्य तथा आन्तरिक लगानी आउन नसकेको बताउनुभएको थियो ।
देशका समसामयिक राजनीतिक मुद्धाहरुमाथि कडा टिप्पणीगर्दै उहाँले जनताले वर्तमान शासकहरुको विकल्प खोज्ने बेला आइसकेको दाबि पनि गर्नुभएको थियो । हिजो उहाँ झापाबाट काठमाडौं आउनेक्रममा त्रिबि बिमानस्थलमा पत्रकार सम्मेलनगर्ने प्रयासगर्दा प्रहरीले रोक लगाएको थियो ।